डोटीमा बढ्दै व्यावसायिक सुन्तलाखेती
काठमाडौँ । दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।
यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् । उनले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करिब पाँच सय बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि सुन्तलालाई खेती गरी वार्षिकरुपमा रु सात लाखदेखि नौ लाखसम्म आम्दानी हुँदै आएको उनले बताए।
विभिन्न निकायको सहयोगमा सुन्तलाखेती फस्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । “फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु”, उनले भने, “राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यवसायीकरण गरेको हुँ ।” यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।
अन्य खेतीमा पटकपटक मेहनत गर्नुपर्ने भए पनि सुन्तलाखेतीमा वर्षका एक÷दुईपटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी सात सय वटा सुन्तलाका बोट रोपेको र वार्षिकरुपमा सात लाख आम्दानी गरिरहेको बताए । सडकको पहुँचबाट टाढा रहेको सो गाउँमा हाल उनले आफ्नो रु चार लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहजरुपमा बजारमा लैजाने सकिरहेको बताए ।
स्थानीय स्थरमा उत्पादन गरिएका सबै वस्तुलाई बजारसम्म लैजान र बजारीकरण बनाउन पहल भइरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए । साथै स्थानीय सरकारले सडक नजोडिएको स्थानमा सडक जोड्ने र कृषि उत्पादन हुने क्षेत्रमा कृषि पकेट क्षेत्र बनाइ लगानी गर्ने उनको भनाइ छ ।
यससँगै डोटीका जोरायल , बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकालाई सुन्तला जोन क्षेत्र घोषण गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए ।
साथै यस क्षेत्रमा परम्परागतरुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको र यसलाई थप आधुनिकीकरणका लागि पहल भइरहेको उनले बताए ।
सम्बन्धित समाचार
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

