४२ हजार मेट्रिक टन मल बिक्री
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल बिक्री गर्न सुरु गरेको छ। स्थानीय तहमार्फत गत सोमबारदेखि देशभर डिएपी र पोटास मलको बिक्री सुरु गरिएको हो। कृषि सामग्री कम्पनीका अनुसार, गहुँ, तोरी, मकै, आलु, उखु लगायतका बालीलाई लक्षित गरेर पहिलो चरणमा ४२ हजार मेट्रिक रासायनिक मल बिक्री गर्न थालिएको हो।
‘यसअघि वास्तविक किसानले मल नपाउने हुनाले बिक्री रोकेका थियौं।’ कृषि सामग्री लिमिटेडका महानिर्देशक राजेन्द्रबहादुर कार्कीले भने, ‘आजदेखि स्टकमा रहेको रासायनिक मल सातै प्रदेशमा बिक्री सुरु गरेका हौं।’ युरिया मल एक सातापछि वितरण गरिने उनले जानकारी दिए। कृषि भूमिलाई आधार बनाएर वैज्ञानिक तरिकाले रासायनिक मल वितरण गर्न लागिएको उनको भनाइ छ।
‘हामीले मलको आवश्यक तथ्याङ्क प्रदेश सरकारबाट लिएका हौं। त्यहाँको जमिन पनि अनुगमन गरेका छौं,’ उनले भने, ‘कृषि योग्य जमिन अनुसार मलको बाँडफाँट गरिएको छ। आवश्यकताका आधारमा मल वितरणका लागि सबै स्थानीय पालिकामा पठाएका छौं।’ प्रदेशले तोकेको कोटा अनुसार उपलब्ध गराइएको उनको भनाइ छ। छ वटा प्रदेशमा सोमबारबाट मल बिक्री गर्न सुरु भए पनि मधेश प्रदेशमा मंगलबारबाट सुरु गरिने उनले बताए।
भैरहवा, विरगञ्ज र विराटनगरको डिपोमा १० प्रतिशत बफर स्टक राखेर मलको बिक्री गरिँदैछ। नियमपूर्वक बिक्री वितरण गर्न स्थानीय तहलाई समेत उनले अनुरोध गरेका छन्। रासायनिक मलमा अनियमिता हुने भएकाले कम्पनीले बिक्री मूल्य समेत तोकिदिएको छ।
कम्पनीले युरिया प्रतिबोरा ९५०केजी० पाँच हजार ९ सय रूपैयाँमा खरिद गरेर किसानलाई सात सय ५० रूपैयाँमा बिक्री गरेको छ। त्यस्तै प्रतिबोरा डिएपी मलको सात हजार आठ सय रूपैयाँमा खरिद गरेर दुई हजार तीन सय रूपैयाँमा दिएको छ। छ हजार पाँच सय रूपैयाँमा पोटास खरिद गरेर प्रतिबोरा एक हजार पाँच सय रूपैयाँमा किसानलाई उपलब्ध गराएको आजको नागरिक दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
