• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १५ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १७ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • १९ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • १९ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • २२ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • २२ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • २२ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

जानकारी केन्द्र २०७९, कार्तिक, १७

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।

बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् ।

बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन् । कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् ।

खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे । किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन् ।

खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । उहाँले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न बारीमा आइरहेको बताउनुभयो ।

खत्री भन्नुहुन्छ, “हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।”

उहाँले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचेअनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरुले पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दिनदिनै फरक–फरक उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो रु”

ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताउनुभयो । उहाँले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताउनुभयो । कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताउनुभयो ।

“हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्”, उहाँले भन्नुभयो ।

स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताउनुभयो । उहाँले जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताउनुभयो । पौडेल समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “अब नागरिक सचेत छन्, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न ।” दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेशतर्फ १८ र प्रतिनिधिसभातर्फ १३ उम्मेदवार छन् । बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ ९क० मा पाँच, ९ख० मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.