• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १५ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • १८ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • १९ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • १९ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • २२ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • २२ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • २३ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

प्रदेशसभा उम्मेदवारका एजेण्डा

जानकारी केन्द्र २०७९, कार्तिक, १७

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना गतिविधि एवं भेटघाटलाई तीव्र पारेका छन् ।

विशेषगरी प्रतिनिधिसभा सदस्य निर्वाचनको बढी चर्चा हुने गरेको छ र उनीहरुका आ–आफ्ना एजेण्डा रहेकाले ती एजेण्डाको सञ्चारमाध्यम तथा विभिन्नसभा सम्मेलनमा बढी मात्रामा चर्चा हुने गरेको छ ।

प्रदेशसभाका एजेण्डाका बारेमा भने सञ्चारमाध्यममा त्यति चर्चा भएको पाइँदैन । यता मोरङ जिल्लाबाट प्रदेशसभामा उम्मेदवार भएकाले भने आफ्ना एजेण्डाका साथ मतदातासँग मत मागेका छन् । विराटनगर महानगरपालिकाको पाँच वर्षे कार्यकाल सकेर यतिबेला भीम पराजुली मोरङ निर्वाचन क्षेत्र नं ४ को ‘ख’मा प्रदेशसभाको उम्मेदवार छन् ।

पराजुली अहिले आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा छन्। विद्यार्थीबाट राजनीतिमा प्रवेश गर्नुभएका पराजुली अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य पराजुली नगर सभापतिबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हालीरहँदा आफूले विकासका धेरै योजना समयमै सम्पन्न गरेको, नगर क्षेत्रमा सबै बाटो कालोपत्र गरिएको, प्रत्येक वडामा वडा कार्यालय, सुन्दर एवं रमणीय पार्क, वीरेन्द्रसभागृहको जीर्णोद्धार, नगरमा स्वास्थ्य सेवाकेन्द्रलगायत काम सम्पन्न गरेकाले आफू यस क्षेत्रमा परिचित रहेको र आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गर्छन् । उनले आफूले पाएको पारिश्रमिक पनि समुदायिक विद्यालयमा हस्तान्तरण गरेकाले पनि नगर क्षेत्रमा शैक्षिक सुधारका लागि सबैको साथ र सहयोग पाएको उनको भनाइ छ ।

कोभिडका समयमा नगरवासीका घरघर पुगेर उनले सेवा गरेको र नगर क्षेत्रमा ज्येष्ठ नागरिकलाई घरैमा अक्सिजन पु¥याएका थिए । उम्मेदवार पराजुलीले जनताका काममा आफू जहिले पनि समर्पित रहेकाले जनताले मलाई रुचाउने विश्वास व्यक्त गरे । आफू जनप्रतिनिधि भएमा यस क्षेत्रका जनताको चाहना र विश्वासअनुसार काम गर्ने प्रतिक्रिया उनले दिए ।

यही क्षेत्रबाट नेकपा एमालेका अर्का परिचित उम्मेदवार जीवन घिमिरे पनि छन् । उनी अघिल्लो प्रदेशसभामा निर्वाचित भएका थिए । उनी पनि यतिखेर भेटघाट, घरदैलो कार्यक्रमसँगै विकास र समृद्धिका निम्तिको यात्रा पूरा गर्नका लागि जनताको साथ र सहयोग आवश्यक परेको बताउछन् ।

यसैगरी मोरङ निर्वाचन क्षेत्र नं ६ ९ख० का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले आफूले वास्तविक जनप्रतिनिधि भएर काम गरेर देखाउने आश्वासन दिन्छन् । विराटनगरबाट प्रतिनिधित्व गर्दै तीन जना प्रधानमन्त्री भए पनि यस क्षेत्रको हुनुपर्ने जतिविकास नभएकाले आफू जनप्रतिनिधिको मोडल बन्ने उनको भनाइ छ ।

उनले भने, “विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबैभन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सांस्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसाबले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन ।” यही क्षेत्रका गठबन्धन दल तथा नेपाली कांग्रेसका उम्मेदवार केदार कार्कीले पनि विकास र जनताको जीवनस्तर उकास्न आफूले काम गर्ने भनेका छन् ।

कार्यकर्तासँग भेटघाटमा दैनिक व्यस्त रहने उम्मेदवार कार्की यसअघि प्रदेशसभामा निर्वाचित चएका थिए । अहिले प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पदको जिम्मेवारी सम्हालेका उनले सडक निर्माण गर्नुका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण, कृषि समुदायका लागि बस्ती निर्माणलगायतका काम गरेका छन् ।

उनले प्रदेश सरकारमा आफूले थोरै समय बिताए पनि प्रहरी सङ्गठन, राष्ट्रिय अनुसन्धानको सङ्गठनलाई बलियो बनाउने काम गर्नुका साथै चोरी तस्करी, आपराधिक क्रियाकलापलाई न्यूनीकरण एवं नियन्त्रण गरेको दाबी गर्छन् । उनले युवालाई कुलतबाट जोगाउने कार्यक्रमका साथै आपत्विपत्मा परेका जनतालाई उद्धार एवं राहत वितरणका काम पनि गरेका थिए ।

जिल्लाको निर्वाचन क्षेत्र नं ६ मा कूल मतदाता एक लाख २६ हजार सात सय ६१ मा प्रदेश ६ को ‘क’ मा ७८ हजार नौ सय ६४ र ‘ख’ मा ४७ हजार सात सय ९७ छन् । यस क्षेत्रमा ५९ मतदानस्थल र एक सय ४१ मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नं ६ ‘ख’मा गठबन्धन दलकोतर्फबाट बनेका उम्मेदवार कार्की र नेकपा एमालेका तर्फबाट बनेका उम्मेदवार पर्शुराम बस्नेतबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

ताजा

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.