नेप्से दोहोरो अंकले घट्यो
आज (विहिबार) सेयर बजारमा गिरावट आएको छ । तिहार बिदा पछि निरन्तर बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार विहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ । नेप्से ०.८३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३।५० अंकले घटेर ३७९।४३ विन्दुमा पुगेको छ ।
कूल २२० वटा कम्पनीको २७ लाख ६६ हजार ५ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये २ वटा उपसमूह बढेको छ भने बाँकी सबै उपसमूह ओरालो लागेका छन् । सबैभन्दा धेरै जलबिद्युत समूह घटेको छ ।
आज एभरेष्ट बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४ करोड ३ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, विहिबार युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको सेयरमूल्य ६.५६ प्रतिशतले बढेर प्रतिकित्ता १९ हजार ५ सय रूपैयाँ पुगेको छ ।
त्यसैगरी, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ४.९४ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
