किसानलाई मल र उम्मेदवारलाई मतको चिन्ता
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक रासायनिक मल नपाउँदा पौडेलको ध्यान निर्वाचनमा जान सकेको छैन । उनी गाउँमा उम्मेदवार कहिले आउलान् र रासायनिक मल उपलब्ध गराउने भनेर प्रश्न सोध्न उम्मेदवार कुरेर बसेका छन्।
“२० बोरा बीउको आलु कोल्डस्टोरमा राखेको छु, मल पाउने नपाउने अत्तोपत्तो छैन । खेत जोतेर ठिक्क पारे पनि आलु रोप्ने नरोप्ने अन्योल कायमै छ,” उनले भने “मङ्सिर दोस्रो सातासम्म आलु रोपिएन भने राम्रो उत्पादन हुँदैन, आफूसँग एक बोरा पनि रासायनिक मल छैन ।
मजस्ता हजारौँ किसान यति बेला रासायनिक मल कुरिरहेका छौँ ।” पाँचखाल काफ्लेडिहीका किसान ज्ञानबहादुर थापाले रासायनिक मलको जोहो गर्न भन्दै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय धाएको तीन महिना भइसक्यो । सयौँ किसानको हस्ताक्षर बोकेर रासायनिक मल पाउने माग राख्दै पाँचखाल नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि मल पाउने सम्भावना क्षीण हुँदै गएको उनी बताउन्छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा यति बेला आलु खेतीको समय भए पनि रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । सबैभन्दा हतारोमा भने मन्डनदेउपुर र पाँचखालका किसान छन् । अहिले छिटो आलु रोपिएन भने चैतमा धान र तरकारी लगाउन नपाइने भएकाले सो क्षेत्रका किसानलाई मलको आवश्यकता धेरै नै छ ।
पनौती कुशादेवीका सन्तोष न्यौपानेले खेती गरेर खान्छु भन्दा पनि रासायनिक मल नपाएको सुनाउँदै उम्मेदवारसँग ‘मल दिनूस्, मत लिनूस्’ भन्ने अभियान नै सञ्चालन गर्ने समय आएको बताए । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो मुद्दा बोकेर गाउँ गएका उम्मेदवारसँग किसानले मलसँग मत साट्ने बताए ।
उम्मेदवारले भने हामीलाई मात्रै भन्ने भनेर प्रतिक्रिया दिएको पाँचखालका थापाले बर्ताए । गठबन्धनका उम्मेदवारसँगै नेकपा ९एमाले०, स्वतन्त्र उम्मेदवारसँग किसानले रासायनिक मल मागेका छन् तर कुनै पनि उम्मेदवारले यो सिजनमा मल ल्याउन सक्ने आधार पेस गर्न सकेका छैनन् । उम्मेदवारले भने आफूलाई मात्रै भन्ने भन्दै किसानलाई अरू उम्मेदवारसँग पनि मलको माग राख्न थालेका छन् ।
तत्कालका लागि पाँचखाल र मन्डनदेउपुर नगरपालिकामा ५० हजार बोरा डीएपी मल आवश्यक छ । त्यसमध्ये पाँचखालमा मात्रै ३० हजार बोरा मल आवश्यक रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


