नेता घरदैलोमा, कालापहाड जाँदै मतदाता
बाँके । प्युठानका राजबहादुर जिसीको गाउँघरमा चुनावी सरगर्मी बढ्दो छ। दलहरू दैलोदैलोमा पुगेर मत मागिरहेका छन्।
राजबहादुरकै घरमा उम्मेदवारहरू पटकपटक पुगिसके। उनलाई यसपालिको निर्वाचनमा सहभागी हुन मन छ तर मतदानको दिनसम्म बस्न सक्ने अवस्था छैन।
कारण, ‘गरिबी’। दसैंतिहार मनाउन आएका उनी मन अमिलो बनाउँदै निर्वाचनमा सहभागी नभई बिहीबार नेपालगन्जस्थित जमुनाह नाका हुँदै रोजगारीका लागि भारत हानिए।
‘चुनावसम्म बस्ने मन थियो तर सकिएन,’ निर्वाचनमा सहभागी हुन नपाउँदा दुःख व्यक्त गर्दै उनले भने, ‘कमाइ गरेर ल्याएको पैसा दसैंतिहारमा सकियो। घरमा परिवार पाल्न बाँकी पैसा छैन। घरपरिवार भोकै राखेर निर्वाचन कुर्न सकेन।’
गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’
कमाइभन्दा उल्टै ऋण लाग्ने भन्दै उनले चुनावको मुखैमा भारत जानु रहर नभई बाध्यता भएको बताए। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले गाउँगाउँमा रोजगारी दिने घोषणापत्र सार्वजनिक गरेका छन्।
यो घोषणा नयाँ होइन, यसभन्दा अघिल्ला निर्वाचनमा पनि उनीहरूले महत्वका साथ चुनावी अजेन्डा बनाए। नत यी घोषणापत्रका आडमा जितेका जनप्रतिनिधिले रोजगारी सिर्जना गर्न सके न चुनावसम्मै अहिलेका उम्मेदवारले मतदातालाई रोक्न सके।
अहिले पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट कामको खोजीमा भारत जानेको संख्या सीमामा बढ्दो छ।
नेपालगन्जस्थित जमुनाह नाकाबाट करिब दैनिक तीनदेखि पाँच हजार नेपाली भारत बाहिने गरेका आजको नागरिक दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

