मंसिर २ देखि ५ गतेसम्म बिदा दिने गृहमन्त्रालयको निर्णय
जानकारी केन्द्र
२०७९, कार्तिक, २९
काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएको दुवै तहको निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै शिक्षण संस्था विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।निर्वाचन आयोगले सरकारले चुनावका समयमा सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । त्यसकै आधारमा गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

