भोट हाल्न जाँदा मोबाइल लगे जफत गरिने
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाइने बताएको छ। मतदान केन्द्रभित्र मोबाइललगायत सामग्री साथै लिएर जान नपाइने आयोगले बताएको हो।
आयोगले मतदाताहरूलाई मोबाइललगायत सामग्री लिएर मतदान केन्द्रमा नआउन भनेको छ। आयोगले निर्वाचन अधिकृतलाई मोबाइल लगायत सामग्री लिएर आउन मतदाताले नपाउनेबारे सूचित गर्न भनेको छ। ‘मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने,’ आयोगले भनेको छ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने पनि आयोगले मतदान अधिकृतलाई निर्देशन दिएको छ।
साथै कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगेर मत संकेत गर्ने स्थानमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले बताएको छ। निर्वाचन आचारसंहिता २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सुरक्षाकर्मीले कारबाही गर्न पाउनेछन्। आयोगले आफ्नो परिचय खुल्ने मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी लाइसेन्सलगायत भने बोक्न पाउने बताएको छ। मतदाता नामावलीमा नाम हुनेहरूले यी कागजपत्र देखाएर मतदान गर्न पाउनेछन्।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

