Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

आमिर खानले किन गरे डेढ वर्ष ब्रेक लिने निर्णय १

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ३०
आमिर खानले किन गरे डेढ वर्ष ब्रेक लिने निर्णय १

एजेन्सी । बलिउड उद्योगमा लगातार ३५ वर्ष काम गरेका आमिर खानले केही समयका लागि अभिनेताका रूपमा ब्रेक लिने निर्णय गरेका छन् ।

यससँगै आमिर आफ्नो फिल्मी करियर छोडेर परिवारसँग केही समय बिताउन चाहन्छन् । वास्तवमा आमिर खान लाल सिंह चड्ढा पछि च्याम्पियन्स फिल्मको काम सुरु गर्न लागेका थिए । तर उनले अहिले यो भूमिका अस्वीकार गरेका छन् । आमिरले यो फिल्म निर्माण गर्न लागेका हुन् तर उनले अभिनय गर्न अस्वीकार गरेका छन् । लाल सिंह चड्ढाको फिल्म नराम्ररी फ्लप भएपछि आमिरले यो निर्णय लिएको मानिसहरुको विश्वास छ ।

केही दिन अघि आमिर खान दिल्लीमा एउटा च्याट शोमा पुगेका थिए, जुन उनको बाल्यकालको साथीले आयोजना गरेको थियो। कार्यक्रममा आमिरले आफ्नो करियर र फिल्मका बारेमा खुलेर कुरा गरे । च्याट शोमा आमिरले अब अभिनयबाट ब्रेक लिने मन बनाइरहेको बताए । ब्रेकको घोषणा गर्दै आमिरले भने, ‘जब म कलाकारको रूपमा कुनै पनि फिल्म गर्छु, म त्यसमा हराउँछु । त्यो बेला मेरो जीवनमा अरू केही हुँदैन। म लाल सिंह चड्डा पछि फिल्म च्याम्पियन्समा काम सुरु गर्न लागेको थिएँ । फिल्मको स्क्रिप्ट गजबको थियो, कथा पनि मन पर्यो । तर त्यसपछि मैले मेरो परिवार, आमा र बच्चाहरूसँग समय बिताउनको लागि मलाई विश्राम चाहिन्छ भन्ने महसुस गरें।’

कुराकानीका क्रममा आमिरले भने–मलाई लाग्छ कि म ३५ वर्षदेखि लगातार आफ्नो काममा केन्द्रित छु । मलाई यो मेरो नजिकका व्यक्तिहरूमाथि अन्याय भएको महसुस हुन्छ। त्यसैले लाग्छ कि मैले आफ्ना प्रियजनहरूसँग केही समय बिताउनु पर्छ, ताकि मैले जीवनलाई फरक तरिकाले अनुभव गर्न सकूँ। अब एकदेखि डेढ वर्षसम्म अभिनेताका रूपमा काम गर्दिन ।’

च्याम्पियन्स फिल्मको बारेमा कुरा गर्दै आमिरले भने– ‘म अब निर्माताको रुपमा च्याम्पियन्सको हिस्सा हुनेछु । अब म आफ्नो फिल्ममा काम गर्न कलाकारसँग सम्पर्क गर्नेछु । आशा छ म यो काम राम्रोसँग गर्न सक्छु। अब म मेरो जीवनको यस्तो चरणमा छु जब मैले सम्बन्धको आनन्द लिनुपर्छ। मलाई लाग्छ म अहिले जीवनबाट यही चाहन्छु।’

आमिर खान प्रोडक्सन बाहेक सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्सन र इन्डिया र २०० नट आउट प्रोडक्सनले संयुक्त रुपमा फिल्म च्याम्पियन्स निर्माण गर्न लागेको हो । पहिले आमिर यस फिल्ममा अभिनेताको रुपमा देखिने भएका थिए तर अब मिस्टर परफेक्शनिस्टले आफ्नो निर्णय बदलेका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स