• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १९ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • २२ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • २३ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • २३ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ४. इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत

  • ५. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • ६. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ७. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ८. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ९. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • १०. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

बालुवा मजदूरलाई चुनावले छोएन

जानकारी केन्द्र २०७९, कार्तिक, ३०

काठमाडौँ । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन ।

“नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरुलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन”, उनले भने “मैले भोट दिन पाउँदैन भनेर पनि भन्न सक्दैन बरु नेता आउँदा भोट दिउँला भन्दै पठाउने गरेकी छु ।”

गौरीका श्रीमानले कान्छी श्रीमति लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उनिसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमति लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा आयो ।

छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्छन् । “मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो”, उनले भने ।

पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिने पैसाले उनले परिवार पाल्दै आएका छन् । “बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो”, गौरीले भनिन्, “भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।”

पोखराको रामघाटमा बालुवा बोक्दै गर्नुभएका खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरुले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउछन् ।

“कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ”, उनले भने, “अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।”

युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उनको भनाइ छ । पत्नी हिराकुमारी पनि बालुवा बोक्छिन् ।

“केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन” उनले भने, “चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन ।” प्रत्येक निर्वाचनमा नेताले मजदूरलाई रोजगारी दिन्छौँ र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएको उनको गुनासो छ ।

त्यस्तै रामघाटमै बालुवा बोक्दै गुरेका धादिङका ४३ वर्षीय सोमबहादुर गुरुङ पैसा नभएकै कारण मतदानमा घर फर्कन नपाउने गुनासो गर्छन् ।

“श्रीमती गाउँमै छिन, उनले भोट हाल्छिन् तर म जान्न”, उनले भने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.