थाहापाइ राखौ, भोट खसाल्ने सहि तरिका यस्तो छ
काठमाडौं । मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
सहि तरिकाले ४ चरणमा तल बताइए अनुशार मतदान गर्नुपर्ने छ ।
चरण–१
१। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको पहिलो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्ट्याउनुहोस र सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुहोस् ।
चरण–२
१। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको दोस्रो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्ट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–३
१। प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको तेस्रो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–४
१। प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको चौथो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

