• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • ९ घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • १० घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ११ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १५ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १५ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १५ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

जानकारी केन्द्र २०७९, मंसिर, २

काठमाडौं । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।

प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण गराउँदा केही पाइलटको स्वास्थ्य समस्या रहेको पाइएको छ। ‘प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित बनाउन पाइलटको स्वास्थ्य परीक्षण गर्दा केही पाइलटमा समस्या भेटिएको र उनीहरूको स्वास्थ्यमा सुधार नआएसम्म उडान नगर्न भनिएको छ,’ दाहालले भने, ‘कुनै समस्या नहुने पाइलटले भने उडान गर्न सक्नेछन्।’

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगिता दौरान प्रतिष्पर्धा गर्दा खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो। छानविनपछि व्यवसायिक ९टेण्डम० उडान गर्न प्राधिकरणले अनुमति दिए पनि पोखराको आकाशमा हुने एकल ९सोलो० उडान अझै सुरू भएको छैन। दुर्घटनापछि रोकिएको उडान सुचारू गर्दा प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था हवाई खेलकुद संस्था९ना० सँग सर्त राख्दै प्याराग्लाइडिङ उडान गर्ने सबै पाइलटको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको थियो। त्यसपछि पाइलटले स्वास्थ्य परीक्षण गराएका थिए।

प्राधिकरणका प्रबन्धक दाहालका अनुसार २७० जना पाइलटले प्राधिकरणकै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएका थिए। ती मध्ये २४० जनामा कुनै समस्या देखिएको थिएन। बाँकी पाइलटमा स्वास्थ्य समस्या देखिएको थियो। सामान्य स्वास्थ्य समस्या देखिएका पाइलटलाई एकमहिना समय दिइएको उनले बताए। दाहालकै संयोजकत्वमा चिकित्सकसहितको टिमले पाइलटको स्वास्थ्य परीक्षण गराइएको थियो।

अहिले सामान्य समस्या देखिएका पाइलटले एकमहिनापछि पुनः स्वास्थ्य परीक्षण गराउने र उनीहरूमा समस्या नदेखिए उडान गर्न दिइने उनले बताए। १५ दिनभित्र पनि स्वास्थ्य परीक्षण नगराउने पाइलटलाई उडान अयोग्य ठहर्‍याउने निर्णय पनि प्राधिकरणले गरेको छ। प्राधिकरणले तोकेको स्वास्थ्यकर्मीसँग परीक्षण नगराए ती पाइलटले उडान गर्न नपाउने उनले बताए।

स्रोतका अनुसार कतिपय पाइलटको मुटुमा समस्या देखिएको छ। मुटुमा समस्या देखिएका पाइलटलाई मुटुरोग विशेषज्ञसँग परीक्षण गराउन निर्देशन दिइएको छ। त्यसैगरी १२ जना पाइलटको आँखामा कमजोरी रहेको पाइएको छ। उनीहरूलाई एकमहिनापछि फलोअप गरी स्वास्थ्य परीक्षण गर्न लगाइएको छ। त्यसैगरी कपितय पाइलटको स्वास्थ्य परीक्षण गर्दा लागुऔषध प्रयोग गरेको रिपोर्ट आएको छ। लागुऔषध प्रयोग गरेको भेटिएका ती पाइलटलाई ६ महिनासम्म उडानमा सरिक हुन नपाउने गरी निलम्बन गर्ने र ६ महिनापछि ती पाइलटको पुनः स्वास्थ्य परीक्षण हुनेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.