काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?
काठमाडौं । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् ।
‘अहिले कुनै पार्टीको बहुमत आउने देखिएन । जनताले दुई ठूला पार्टीलाई विश्वास गरेका छन् । जनताले झगडा चाहेको पनि होइन तर मिलिजुली सरकार बनाऊ भन्ने जनादेश छ । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ । र, अहिलेको अवस्था परिवर्तन नगर्ने हो भने मुलुक चल्दैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चालिसेले भने ।
कांग्रेसबाट अबको प्रधानमन्त्री को हो भन्ने अर्को प्रश्नमा चालिसेले थपे, ‘अब प्रधानमन्त्री को बन्छ, म बाटोबाटोमा भन्दै हिँड्दिनँ । म पार्टीको निर्णय मान्ने मान्छे हुँ । पार्टीभित्रै धेरै आकांक्षी छन् । यो खुसीको कुरा हो । शेरबहादुर दाइ प्रधानमन्त्री भइसकेका मान्छे, फेरि हुन्छु भन्नु ठूलो कुरा होइन । गगन थापा महामन्त्री हो, तीनचोटि सांसद भइसकेको मान्छेले प्रधानमन्त्री हुन्छु भन्नु पनि अन्यथा होइन । रामचन्द्र पौडेल वरिष्ठ नेता हो । प्रकाशमान उपप्रधानमन्त्री भएको नेता हो । पार्टीमा यसमा विवाद हुन्न । मुलुकमा प्रधानमन्त्री पाँचवटा हुन्छ र रु एउटै हुने हो । नेताहरुको दुईतीन बसाइमा कुरा मिल्छ ।’
माओवादी केन्द्रले त कांग्रेसले धोका दियो भन्दै छ नि भन्ने अर्को प्रश्नमा चालिसेले भने, ‘गठबन्धनलाई म गलत भन्दिनँ । यो कसैको चाहेको होइन, समयले मागेको हो । दुई पार्टी बनाएर जानुपर्छ भनेको देखियो जनादेश । जनताले मन पराएनन् । माओवादीले स्थानीय तहमा १३० सिट जितेको ठाउँमा किन टिकट नमागेको रु काठमाडौं, पाटन र भक्तपुर माओवादीका सदस्य नै छैनन्, एउटा वडाध्यक्ष पनि जितेको छैन । ९० प्रतिशत मत अर्काले हालिदिन्छ रु धोका दियो भन्ने हो भने माधव नेपालले कसको आधारमा जित्नुभो रु धोका त हामीलाई उपेन्द्र यादवजीले दिनुभो ।’
विगतमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा गरेको कामले नै आफू जितेको उनको दाबी छ । चालिसेले भने, ‘मैले ४ चार हजारको मतान्तरले बहालवाला सांसदलाई जितें । पार्टीभित्र पनि अप्ठ्यारोपन आएको थियो । म गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा तीनतीनवटा कोभिडको लहर थामेर एक नम्बर पालिका बनाएँ । यहाँको सुकुम्बासी समस्या, सेनाले ढाट हटाउने, दिदीबहिनीको सुरक्षा ग्यारेन्टी, रोजगारी सिर्जना लगायत मेरा चुनावी एजेन्डा कार्यान्वयनमा लान्छु ।’
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

