कांग्रेसभन्दा ठूलो दल बन्न स्वतन्त्रहरुलाई पार्टीमा भित्र्याउने ओलीको तयारी
काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । दुई÷तीन जिल्लामा मतगणना अझै सुरु हुन सकेको छैन् । तर, अहिलेसम्म प्राप्त नतिजाअनुसार पहिलो दलको लागि कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले लिड गरेको छ भने समानुपातिकतर्फ एमाले अगाडि छ ।
दुवै दलले समान ८५र८५ सिट जित्ने आँकलन भैरहेको छ । यस्तामा पहिलो दल बनाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र जितेकाहरुलाई पार्टीमा प्रवेश गराउने गृहकार्य थालेका छन् । हुन त ओलीले हिजादेखि नै सरकार गठनको लागि पहलकदमी लिन थालेका छन् ।
उनले नेकपा विभाजन भएपछि पहिलो पटक हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर सहकार्यको प्रस्ताव राखेको खुलेको छ । यद्धपी एमाले नेताहरुले भने अध्यक्ष ओलीले चुनावमा जितेकोमा बधाई साट्नमात्रै फोन गरेको विषयलाई माओवादीले सरकार गठनको अस्त्र बनाएर कांग्रेससँग बार्गेनिङ थालेको टिप्पणी गर्न थालेका छन् ।
तर, तिक्ततापूर्ण सम्बन्धलाई बिर्सिएर ओलीले दाहाललाई फोन गर्नु बधाई साटासाटमात्रै हो भनेर भन्न नसकिने राजनीतिक विषयका जानकारहरुको दाबी छ । ओलीले आफ्नै नेतृत्वमा सरकार गठनको लागि गृहकार्य थालेको उच्च स्रोतको दाबी छ ।
सहमतिको सरकार गठनमा कसैको पनि बहुमत नपुग्ने हुँदा राष्ट्रपतिबाट ठूलो दलको नेतृत्वमा बहुमतको सरकार गठनको आह्वान हुने हुँदा त्यसको लागि ओलीले एमालेलाई ठूलो दल बनाउन अहिलेदेखि नै होमवर्क गरेका छन् ।
विभिन्न क्षेत्रमा स्वतन्त्र रुपमा जितेकाहरुलाई उनले आफ्नो पार्टीमा प्रवेश गराउन सके भने कांग्रेसभन्दा ५र७ सिटले ठूलो नै बन्ने उनको विश्वास छ। निर्वाचनको विजयोत्सव मनाउन झापामा छन् । झापाबाट फर्किनेबित्तिकै प्रचण्डसँग गहन वार्ता गर्ने बुझिएको छ
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

