सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । दार्चुला, नौगाड गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र.०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने कैलाली गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरले थिचेर गम्भीर घाइते भएका
सोही नगपरपालिका-४ बस्ने ४५ वर्षीय कालुराम चौधरीकोई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, ईश्वरपुर नगरपालिका९१२ बाँके जँगलमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्र।२–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल चालक पर्सा साविक मिर्जापुर गाविस(१ घर भएका ३८ वर्षीय बाबुलाल प्रसाद साह र प्र।२–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका(२३ पोखरिया बस्ने २६ वर्षीय राम लोचन पटेल रहेका छन् ।
दुवै मोटरसाइकल एक(आपसमा ठोक्किएर स।९ प १५९१ नम्बरको मोटरसाइकल समेत ठोक्किएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स।९ प १५९१ नम्बरको मोटरसाइकल चालक समेत २ जनाको सत्यनम हेल्थ केयर नवलपुरमा र प्र।२–०३–०१७ प ७१८७ नम्बरको मोटरसाइकलमा सवार एक जनाको गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।
सप्तरी, छिन्नमस्ता गाउँपालिका९४ लालापट्टी मुस्लिम टोलस्थित सडकमा स।१ त ६७४५ नम्बरको ट्याक्टरको ढालाबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने सनिचर खंगकी ८ वर्षीया शवसिका कुमारी खंगको मृत्यु भएको छ । ढालाबाट लडेर चक्काले किच्दा गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


