स्पेनसँग जर्मनीको बराबरी, अघिल्लो चरणको सम्भावना कायमै
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा जर्मनी लगातार दोस्रो खेलमा जित विहिन बनेको छ। पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा स्पेन र जर्मनीले समान १(१ गोल गरेका थिए। जर्मनीका लागि अल्भारो मोराटाले खेलको ६२ औ मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए।
मोराटाले जोर्डी अल्बाको क्रसलाई आकर्षक फ्लीप गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनी विश्वकपमा सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेर लगातार दोस्रो गोल गर्ने पहिलो स्पेनिस खेलाडी हुन्।
हार उन्मुख रहेको अवस्थामा जर्मनीलाई सब्सटिच्युट खेलाडी निक्लास फुलक्रुगले गोल गर्दै खेललाई बराबरीङ्गा ल्याएका थिए। उनले जमल मुसियालाको पासलाई फुलक्रुगले ८३ औ मिनेटमा सदुपयोग गरेका थिए।
समूह इ मा बराबरीसँगै जर्मनीको दोस्रो चरणको सम्भावना अन्तिम खेलको प्रदर्शनमा निर्भर हुने तय भएको छ। अन्तिम खेलमा जर्मनीले आफ्नो खेलसँगै स्पेन र जापानबिचको खेलको समेत प्रतिक्षा गर्नु पर्ने छ। जहाँ स्पेनले जापानलाई हराउनु पर्ने छ भने जर्मनीले कोस्टारिकालाई पराजित गर्नु पर्ने छ।
समूह ई मा स्पेन ४ अंकका साथ शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिकाको समान ३(३ अंक छ। जर्मनीको भने १ अंक भएको छ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
