फेरि पनि देउवा, प्रचण्ड र ओली तीनै जना प्रधानमन्त्री हुन्छन्ः विश्लेषक
काठमाडौं । राजनीतिक विश्लेषक डा। प्रेम शर्माले अबको त्रिशंकु संसद्मा प्रमुख दलका तीन नेताहरु आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् ।
‘दलहरुले बहुमत पाउने अवस्था थिएन । मतदाताले ब्यालेट (भोट) सिफ्टिङ गर्दै छन् भन्ने संकेत स्थानीय तहको निर्वाचनले नै गरिसकेको थियो । जित्ने आत्मविश्वास नभएरै दलहरुले गठबन्धन गरेका थिए । त्यो सिद्धान्तविहीन र क्षणिक समाधानलाई मतदाताले पत्याएनन् । अबको त्रिशंकु संसदमा तीनै जना प्रमुख नेता फेरि प्रधानमन्त्री बन्छन् । सुरुमा देउवा भए पनि पछि प्रचण्ड र केपी ओली बन्छन् । संविधान र प्रणालीमा सुधार गरिएन भने यस्तै चलिरहन्छ । प्रचण्डलाई ओलीको फोन त्यही रिहर्सल हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा। शर्माले भने ।
देउवाले गठबन्धन गरेर नेकपा ९एकीकृत समाजवादी० र नेकपा (माओवादी केन्द्र) को संकटमोचन गराइदिएको पनि उनले बताए । तर देउवामा फेरि प्रधानमन्त्री बन्ने कुनै योग्यता नभएको उनको टिप्पणी छ । उनले भने, ‘उनी सातचोटि सांसद निर्वाचित भएका र पाँच पटक प्रधानमन्त्री भइसकेका परीक्षित व्यक्ति हुन् । उनमा फेरि प्रधानमन्त्री बन्ने कुनै योग्यता छैन । तर पनि गगन थापालाई दिँदैनन् । गगनलाई अरु दलले मान्ने स्थिति देखिँदैन ।’
देउवाहरुलाई यसपटक पनि जिताइएकामा उनले असहमति जनाए । डा। शर्माले भने, ‘यस्ता व्यक्तिलाई अझ पनि घण्टी बजाइएको छैन, शंख मात्र बजाइएको छ ।’ संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्न पाइँदैन भनेर अंकुश लगाइएकामा उनको विमति छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

