गठबन्धन सरकारमा गएर जनताको काम गर्छौंः डा. सीके राउत
काठमाडौं । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा। सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् ।
‘हामीसँग तीनवटा विकल्प थिए । सरकारमा जाने, सरकारलाई समर्थन मात्र गर्ने वा प्रतिपक्षमा बस्ने । हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता भएपछि हामी सरकार जान तयार भएका छौं । तर हामी मन्त्री बन्न मात्र जाने होइन, जनताको काम गर्न जाने हो । सरकारमा जानका लागि हाम्रा केही सर्तहरु छन् । किसान आन्दोलनका मुद्दा, नागरिकता विधयेक, शिक्षा, स्वास्थ्य, रोजगारी कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ । सरकारमा गएर जनअपेक्षा बमोजिमका काम जान सकिन्छ भन्नेमा विश्वस्त भएका छौं,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा। राउतले भने ।
पाँच दलीय गठबन्धन र जनमत पार्टीबीच कुनै लिखित सहमति नभएको पनि उनले बताए । डा। राउतले थपे, ‘शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, रोजगारी सिर्जना र किसानको समस्या समाधान हुने गरी प्रदेशमा भौतिक, सामाजिक विकास र अर्थ मन्त्रालय सम्हाल्न सक्छौं । केन्द्रमा भौतिक योजना पूर्वाधार र उद्योग मन्त्रालय चलाएर जनताका लागि काम गर्न सक्छौं ।’
डा। राउतले आफ्नो पार्टीलाई कुनै बाह्य सहयोग नभएको पनि स्पष्ट पारे । उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवासँग त मेरो पहिलो पटक हिजो भेट भयो । यहीँको धेरै नेताहरुसँग त मेरो देखभेट भएको छैन । बाहिरको शक्तिकेन्द्रले कसरी सहयोग गर्ने रु’
हिजोको भेटमा देउवा खुसी भएको पनि उनले बताए । डा। राउतले भने, ‘उहाँ खुसी हुनुभयो । बधाई दिनुभयो । स्वागत पनि गर्नुभयो ।’ आफ्नो पार्टीलाई ओलीले केपी शर्मा ओलीले खुला राजनीतिमा नल्याएको दाबी पनि उनले गरे । डा। राउतले भने, ‘हामीलाई केपी ओलीले ल्याएको होइन, हामी आफैं खुला र शान्तिपूर्ण राजनीतिमा आएका हौं । हामीले नचाहेको भए उहाँले ल्याउन सक्नुहुन्थ्यो र रु’
मधेसका अन्य दलसँग सहकार्य हुने पनि उनले औंल्याए । डा। राउतले भने, ‘अहिले मधेस बेस्ड पार्टी को छ र रु लोसपाले थ्रेसहोल्ड नै कटाउन सकेन । जसपा मधेसी पार्टी भन्नै रुचाउँदैन । नागरिक उन्मुक्ति पार्टीको उदय भएको छ । रेशम चौधरीको पार्टीसँग हाम्रा धेरै एजेन्डा मिल्छन् । सहकार्य हुन सक्छ । एकता असम्भव छैन ।’
हाम्रो विकासको मोडल उचित नभएको पनि डा। राउतले औंल्याए । उनले थपे, ‘सात करोडमा पोखरी सौन्दर्यीकरण गर्छौं, तर त्यसकै डिलको स्कुलको छानो चुहिएको देख्दैनौं । भ्यूटावर बनाउने होड चल्छ, जनताले सिटामोल पाएका छैनन् । हाम्रो विकासको मोडल ह्युमन सेन्ट्रिक भएन । हामी त्यसलाई बदल्न आएका हौं ।’
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

