Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

मौसम विभागले भन्यो- तापक्रम घटिरहेको छ, चिसोबाट बच्न सतर्क रहनूहोला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १८
मौसम विभागले भन्यो- तापक्रम घटिरहेको छ, चिसोबाट बच्न सतर्क रहनूहोला

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ ।’

तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने उनले बताए । मौसम दुई तरिकाले चिसो हुन्छ। एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो। यस्तै यतिबेला रात लामो हुने भएको र सूर्यको प्रकाश पनि कडा नहुने भएकाले चिसो बढ्छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको उनले बताए । आज बिहान साढे ७ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ। यो हालसम्मको सबैभन्दा कम तापक्रम हो ।

हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४, जुम्लामा माइनस ३।५, र जिरिमा १।६ रहेको छ । पानी पर्‍यो भने पनि जाडो बढ्छ। तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद भट्टराईले बताए ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशका पहाडी भू(भागका एक(दुई स्थानमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

तराईमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स