विश्वकप फुटबलमा आज दुई खेल
जानकारी केन्द्र
२०७९, मंसिर, २०
काठमाडौं । विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछन् । पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ। राति ८:४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो।
दोस्रो खेलमा राति १२ः४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछन्। पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। यसअघि नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोएसिया र ब्राजिल क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। आजका दुई खेलबाट दुई टिम क्वाटरफाइनल पुग्नेछन्।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


