को हुन् क्रिस्टियानो रोनाल्डोको पार्टनर जर्जिना रोड्रिग्ज रु बिकिनी तस्बिरले मच्चायो हंगामा
एजेन्सी । क्रिष्टियानो रोनाल्डोको पोर्चुगल टोली फिफा विश्वकप २०२२ को प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले अन्तिम ८ मा पुग्न स्वीट्जरल्याण्डको सामना गर्नेछ । यो खेलअघि जर्जिना रोड्रिग्ज दोहा पुगेपछि चर्चामा छिन् । जर्जिनले आफ्नो इन्स्टा स्टोरीमा बिकिनीमा सेल्फी पोस्ट गर्दै दोहा लेखेकी छिन् ।
क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्स सन् २०१६ देखिसँगै बस्दै आएका छन् । दुबैका चार सन्तान छन् । जर्जिना रोड्रिग्स स्पेनकी एक नर्तक र मोडेल हुन् । जर्जिना रोड्रिग्ज आफ्ना चार सन्तानसहित फिफा विश्वकप हेर्न आइपुगेकी हुन् ।
उनले स्टेडियम भित्रका बालबालिकासँगको तस्बिर सेयर गरेका छन् । लिग चरणमा पोर्चुगलको अन्तिम खेल दक्षिण कोरियासँग थियो । जर्जिना रोडिजकी आमा स्पेनकी हुन् भने उनका बुबा अर्जेन्टिनाका थिए ।
जर्जिनाको बाल्यकाल उत्तरपूर्वी स्पेनको जाका शहर र ह्युस्का प्रान्तको भागमा बित्यो । उनी आफ्नो बहिनी इभानासँग यस शहरमा हुर्किएकी थिइन् । जर्जिना रोड्रिग्स सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।
उनले समय समयमा क्रिस्टियानो रोनाल्डो र बालबालिकासँग फोटो र भिडियो शेयर गरिरहेकी हुन्छिन्, जसलाई फ्यानले निकै मन पराउँछन् । जर्जिना रोड्रिग्ज पहिले ब्याले डान्सर थिइन् । उनले सेल्स असिस्टेन्टको रुपमा पनि काम गरेकी छिन् ।
जर्जिनाले लन्डनमा अध्ययन गरेकी हुन् । यसपछि उनले मोडलिङमा आफ्नो करियर सुरु गरिन् । जर्जिनाले नेटफ्लिक्समा आफ्नो ‘आई एम जर्जिना’ शो रिलिज गरिन् । यस कार्यक्रममा उनले क्रिस्टियानो रोनाल्डोसँगको सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् ।
रोनाल्डो र जर्जिनाको भेट सन् २०१६ मा भएको थियो । त्यसपछि दुबैको भेट गुच्चीको शोमा भएको थियो । त्यसपछि यी दुई बीचको सम्बन्ध गाढा हुँदै गयो । रोनाल्डोलाई समर्थन गर्न जर्जिना सधैं स्टेडियम पुग्छिन् । जर्जिनाले रोनाल्डोका ४ सन्तानमध्ये २ जनालाई जन्म दिएकी हुन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
