Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २०
नेहाका पति डा. पंकजलाई ग्रान्डी अस्पतालले गर्यो बर्खास्त

काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा।पंकज चौधरी कार्यरत हस्पिटलबाट निकालिएका छन् । टोखास्थित ग्राण्डी अस्पतालमा कार्यरत चौधरी घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त भएका हुन् ।

डा।चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो । जागिरबाट हात धुन परेको छ ।

उनीविरुद्ध श्रीमती नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।

उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको थियो । विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स