८ रोपनी सरकारी जग्गा हडप्न खोज्नेमाथि कारबाही माग
काठमाडौं । महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोलाको ८ रोपनी जग्गा अनियमित रूपमा हडप्न खोज्नेविरुद्ध कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सञ्चालन गर्दै आएको अधिवक्ता र नागरिक अभियन्ता समूह ‘खोजी सत्य र न्याय’ नामक संस्थाले बुधबार अख्तियारमा उजुरी दर्ता गरेको हो ।
वरिष्ठ अधिवक्ता तथा संस्थाका संयोजक ध्रुवलाल श्रेष्ठ, अधिवक्ताहरू युवराज कोइराला, गणेशप्रसाद अर्याल, रामेश्वर राउत, एसके तिमिल्सिना, जगन्नाथ खनाल तथा अन्य नागरिक अभियन्ता गरी ६० भन्दा बढीले संयुक्त हस्ताक्षरसहित अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख गोपाल गिरी, भूमि सुधार मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीलगायतको मिलिमतोमा ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने कार्य गरेको’ भन्दै उनीहरूमाथि भ्रष्टाचार मुद्दामा छानबिनसहित कारबाही माग गरिएको छ ।
उजुरीअनुसार काठमाडौं जिल्ला साबिक काठमाडौं नगरपञ्चायत–२५ ‘क’ हाल काठमाडौं महानगरपालिका–५ भत्केको पुलस्थित धोबीखोला बगेको जग्गा २०२१ सालमा नापनक्सा हुँदा तयार भएको ‘फिल्डबुक’को विरह महलमा खोलो जनाइएको १९० कित्ता अपचलन भएको हो ।
२९ वैशाख २०५७ मा सर्वोच्च अदालतबाट फैसला भएको १० वर्षपछि गुठी संस्थानबाट २७ असोज २०६७ मा सो कित्ता नं ५०५ को जग्गामध्ये ७ रोपनी जग्गा गोकर्णेश्वर पञ्चामृत गुठीको नाममा गुठी अधिनस्थ जनाई दर्ता गर्ने र उपरोक्त कित्ता नं ५०५ को बाँकी रहने जग्गा सरकारको नाममा यथावत् दर्ता गर्ने निर्णय भई स्वीकृतिका लागि सरकारसमक्ष पेस गर्ने निर्णय गरिएको थियो । आजको राजधानी दैनिकबाट
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
