१० हजारभन्दा बढी विद्यार्थी भोलि दिक्षित हुँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्।
दीक्षान्त समारोहमा विद्यार्थी सकुन महर्जनले चार पदक पाउने भएका छन् । स्नातकोत्तर तह २०७६ सालका विद्यार्थी महर्जनलाई विभिन्न चार पदक एवम् पुरस्कार प्रदान गरिने भएको छ। पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका विद्यार्थी महर्जनले ४ सीजीपीए ल्याएर एकैपटक चारपदक पाउने भाग्यमानी विद्यार्थी भएका छन् ।
सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उहाँलाई चान्सलर, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्ति नारायण मिश्र पदक प्राप्त हुनेछ । उनलाई उपकुलपति र प्रमुख अतिथिले पदक तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


