स्विटजरल्याण्डविरुद्ध रोनाल्डोलाई बेन्चमा राखिएपछि प्रेमिका आक्रोशित
काठमाडौँ । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई स्विट्जरल्याण्डविरूद्धको खेलमा बेन्चमा राखिएपछि उनकी प्रेमिका आक्रोशित भएकी छन्। मंगलबार राति भएको खेलमा रोनाल्डोलाई सुरुवाती ११ मा नहालिएपछि उनकि प्रेमिका जर्जिना रोड्रिगेज आक्रोशित भएकी हुन्।
रोनाल्डो सुरुमा बेन्चमै थन्किएको खेलमा पोर्चुगलले स्विटजरल्यान्डविरुद्ध ६-१ को जित निकाल्दा पनि मोडलसमेत रहेकी रोड्रिगेजको आक्रोश सामाजिक सञ्जालमा पोखिएको हो। सुरुवाती ११ मा नपरेपछि बेन्चमा थन्किएका रोनाल्डो उदाश थिए। ‘हामीले ९० मिनेटसम्म विश्वकै उत्कृष्ट खेलाडीको खेल हेरेर मजा लिने अवसर पाएनौँ, यो लाज लाग्ने कुरा हो।’
रोनाल्डोलाई सुरुमै मैदानमा नउतार्ने प्रशिक्षक फर्नान्डो सान्तोषको निर्णयमा उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिन्। ‘फ्यानहरूले तपाईँको नाम लिन छोडेका थिएनन्,’ उनले भनेकी छन्, ‘मलाई आशा छ, भगवान र तपाईंको प्रिय मित्र फर्नान्डोले अर्को खेल खेलाउनु हुनेछ।’
तर रोनाल्डोकी प्रेमिकाले आक्रोश पोखिरहे पनि पोर्चुगलका गोन्सालो रामोस स्विटजरल्यान्डविरुद्ध चम्किए। रामोसले यो विश्वकपकै पहिलो ह्याट्रिक गरेर अब रोनाल्डोका लागि स्थान सुरक्षित नरहेको सन्देश दिइसकेका छन्। स्विटजरल्यान्डविरुद्धको खेलमा रोनाल्डो खेलको ७४ औँ मिनेटमा मात्रै मैदान पसेका थिए।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
