बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग बन्द
जानकारी केन्द्र
२०७९, पुष, १
धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन चल्न सकेका छैनन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


