विश्वकप फुटबल : मेस्सी कि एमबाप्पे, कसले जित्ला ट्रफी ?
एजेन्सी । के लियोनल मेस्सीले पहिलो पटक विश्वकप जित्न सक्छन् रु सबै फ्यानहरुको नजर यतातिर छ । कतारमा भइरहेको फिफा विश्वकपको चालू सिजन अघि नै उनले सन्यासको कुरा गरेका थिए । यसको मतलब उनीसँग एउटा मात्र मौका बाँकी छ ।
मेस्सीलाई विश्वका महान् फुटबलरमा गनिन्छ तर उनले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जित्न सकेका छैनन् । फाइनलमा अर्जेन्टिनाले डिसेम्बर १८ मा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्नेछ । रसियामा जारी विश्वकप २०१८ को फाइनलमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको थियो ।
अब उसको नजर लगातार दोस्रो उपाधि जित्ने हो । युवा फुटबल एमबाप्पे पनि राम्रो लयमा छन् । यस्तो अवस्थामा उपाधि रक्षाको खेलमा मेस्सी र एमबाप्पेबीच रोचक भिडन्त देख्न सकिन्छ । विश्वकपमा दुवै खेलाडीले सर्वाधिक ५–५ गोल गरेका छन् ।
सेमिफाइनलको कुरा गर्ने हो भने अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हरायो । र फ्रान्सले मोरक्कोलाई २–० ले हराएर फाइनलमा प्रवेश गर्यो । यसअघि दुवै टोलीले २–२ पटक विश्वकपको उपाधि जितेका छन् ।
अर्जेन्टिना लामो समयदेखि उपाधिको प्रतिक्षामा थियो । उसले अन्तिम पटक सन् १९८६ मा उपाधि जितेको थियो । त्यो ३६ वर्षअघिको कुरा हो । पूर्व दिग्गज खेलाडी डिएगो म्याराडोनाले टोलीलाई उपाधि जितेको थियो ।
यस्तो अवस्थामा मेस्सी पनि उपाधि जित्न चाहन्छन् । यद्यपि चालू प्रतियोगितामा अर्जेन्टिनाको सुरुवात राम्रो भएन । पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपनि त्यसपछि टोलीले बलियो पुनरागमन गरेको थियो ।
फ्रान्सको कुरा गर्ने हो भने सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो । र २००६ मा टोली उपविजेता बनेको थियो । मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गरेको थियो भने राउन्ड १६ मा स्पेनलाई । तर, फ्रान्सेली टोलीले उसलाई अन्तिम ४ भन्दा अगाडि बढ्न दिएन ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
