Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

५० हजारको लोभमा ९० वर्षीया महिलाको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २
५० हजारको लोभमा ९० वर्षीया महिलाको हत्या

काठमाडौं । तारकेश्वर नगरपालिका ६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्तिलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नरेन्द्रले महिलाको साथमा रहेको ५० हजार रुपैयाँ पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काई हत्या गरेको प्रहरीले जनाएको छ । उनले वृद्धा महिलाको साथमा रहेको ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको अनुसन्धानबाट खुल्न आएको छ ।

Top Changing Nepal

युट्युब सट्स