एक करोडभन्दा बढी रकम लिएर कान्तिपुर सहकारीका अध्यक्ष यादव ‘फरार’
सप्तरी । सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहितका पदाधिकारीहरू करोडौँ रुपैयाँ लिएर ‘सम्पर्कविहीन’ भएका छन् ।
राजविराज नगरपालिका–७ मा रहेको सो सहकारी संस्थाका अध्यक्ष बेचन यादवसहितका पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताको आरोप छ । बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीमा बस्दै आएका थिए ।
बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । एक बचतकर्ताले संस्थामा जम्मा गरेको रकम निकाल्न जाँदा कार्यालय बन्द रहने गरेको बताए । खोज्दा कोही फेला नपरेको उनको भनाइ छ ।
अध्यक्ष यादवको खोजी गर्दै उनीहरू घरसम्मै पुगेका थिए । तर, उनका परिवारले घरमा नरहेको बताएको अर्का बचतकर्ता लालकुमार मण्डलले बताए । गएको मंसिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको अर्का बचतकर्ता दीपेन्द्रलाल दासले गुनासो गरे ।
शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए । दुवै पक्षको छलफलपछि उनलाई पठाइएको प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
सचिव तातेड अध्यक्ष यादव सम्पर्कविहीन बनेको बताउँछन् । बचतकर्ताको रकम फिर्ता गरिने उनको भनाइ छ । “हामीहरू पनि अध्यक्ष बेचन यादवको खोजी गरिरहेको छु । प्रक्रिया अगाडि बढिसकेको छ, बचतकर्ताले आफ्नो रकम ढिलोचाँडो फिर्ता पाउँछन्, यसमा दुईमत छैन,” उनले भने ।
आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


