• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ चैत २०८२, बुधबार
२५ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
  • १५ घण्टा 

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
  • १७ घण्टा 

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका
  • १८ घण्टा 

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
  • २१ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै : यी स्थानमा चट्याङ, हुरी र असिनासहित पानी पर्ने
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • ३. हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

  • ४. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ५. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ६. Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

  • ७. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ८. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ९. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

३६ वर्षपछि अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि

जानकारी केन्द्र २०७९, पुष, ४

काठमाडौँ । लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।

आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।

फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर्स्टले फाइनलमा पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाइदिएका थिए । यस्तै, फ्रान्सका अरेलियन चाउमेनीको प्रहार बाहिरियो ।

कप्तान मेसीले २३ औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थिए । ३६ औँ मिनेटमा एन्जल डी मारियाले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए । तर, अर्जेन्टिना अन्तिम १० मिनेट सम्हालिन नसक्दा फ्रान्स खेलमा फर्कियो । फ्रान्सले दुई मिनेटमा दुई गोल फर्कायो ।

८० औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अन्तर कम गरे । लगत्तै एमबाप्पेले बराबरी गोल फर्काएपछि खेल थप समयमा लम्बिएको थियो । थप ३० समयमा मेसीको गोलबाट अर्जेन्टिनाले पुनः अग्रता लियो । तर, अन्तिम समयमा एमबाप्पेले अर्को गोल थपेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

जारी विश्वकपमा १७२ गोल भए । जुन विश्वकपको इतिहासमा सबैभन्दा धेरै हो । यसअघि १९९८ र २०१४ मा १७१ गोल भएका थिए । अर्जेन्टिना पेनाल्टी सुटआउटमा फाइनल जितेर उपाधि जित्ने तेस्रो राष्ट्र बन्यो । यसअघि ब्राजिलले १९९४ र इटालीले २००६ मा पेनाल्टी सुटआउटमा जितेको थियो ।

अर्जेन्टिनाका ‍मेसी दुईपटक गोल्डेन बल अवार्ड जित्ने पहिलो खेलाडी बने । उनले यसअघि २०१४ पनि गोल्डेन बल अवार्ड जितेका थिए । अर्जेन्टिनाका इन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित हुँदा गोलकिपर इमिलियानो मार्टिनेज उत्कृष्ट गोलकिपर घोषित भए । फ्रान्सका काइलियन एमबाप्पेले गोल्डेन बुटको अवार्ड जिते ।

मेसी विश्वकपको एकै संस्करणमा समूह चरण, अन्तिम–१६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए । मेसी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि बने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न
सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

ताजा

२०८२ चैत २६ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत

डेटा प्याक सकिएपछि पनि ब्यालेन्स नकट्ने कसरी बनाउने ? यस्तो छ तरिका

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.