भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात बन्द
काठमाडौँ । विगत केही समयदेखि भारतमा नेपालबाट विद्युत निर्यात भइरहेकोमा अहिले नदीहरुमा पानीको स्तर घटी उत्पादन पर्याप्त गर्न नसकेकोले विद्युत निर्यात बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार विगतमा भारतमा ४०७ मेगावाट सम्म विद्युत निर्यात गरिएको थियो ।
अहिले निर्यात बन्द भई भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । नदीमा जलस्तर नबढेसम्म आयात गर्नुपर्ने हुन्छ । उनका अनुसार अहिले १२५ मेगावाट सम्म भारतबाट विद्युत आपूर्ति गरिएको छ । अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आईएक्सको डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।
नेपालको विद्युत प्रणाली पुर्ण रुपमा नदीको पानीमा निर्भर रहेको छ अर्थात पानीको जलस्तर घट्ने बित्तिकै विद्युत उत्पादन पनि कम हुने गर्दछ । यस्तोमा नेपालले न्यूक्लियर र सोलर थर्मल इनर्जी जस्ता वैकल्पिक विद्युत उत्पादन गर्ने उपाय खोज्दा राम्रो हुने देखिन्छ । नेपालमा पनि अन्य देशमा जस्तै न्युक्लियर पावर प्लान्ट स्थापना गर्दा विद्युत उत्पादनमा हुन आउने ह्रासलाई कम गर्न सक्ने देखिन्छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
