लैनचौरमा शेखर र गगनमध्ये एकजनालाई उभ्याउने गरी छलफल, ११ बजे पुनः सामूहिक बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ताको समय तोकेको छ । आजै दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने गरी समय तोकिएपछि संसदीय दलको नेता बन्न संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर समूहमा शेखर कोइराला र गगन थापाले दाबी गर्दै आएका छन् । दिउँसो २ बजेदेखि सुरू हुने मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास जारी छ ।
संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै उम्मेदवार सर्वसम्मत रहेपनि इतर समूहमा शेखर कोइराला र गगन थापा मध्ये एकजनालाई उभ्याउने गरी छलफल भइरहेको छ ।
इतर समुहबाट गगन र शेखर मध्ये एकजनालाई उभ्याउन सोमबार अपराह्न छलफल भएपनि सहमती हुन नसकेपछि आज विहान लैनचौरस्थित होटल एम्बास्डरमा पुनः छलफल भएको छ। संस्थापन इतर समूहको बैठक बस्नुअघि शेखर कोइराला र गगन थापाबीच भेटघाट भएको छ ।
लैनचौर बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।
इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले अहिले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । संसदीय दलको नेताका मतदान भने भोली बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
