काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ रुपैयाँ बढेको हो। नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


