झुण्डिएको श्रीमती बचाउन खोज्दा श्रीमान्कै मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा श्रीमतीलाई देखेपछि हल्लाखल्ला गर्दै के भयो भन्दै हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो ।
सिढीबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए ।
मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
