के तपाईलाई सैंटा क्लजको ठेगाना थाहा छ ? क्रिसमसको बारेमा जार्नुहोस् यी अनौठो तथ्यहरू
एजेन्सी । हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमसको पर्व विश्वभर हर्षोल्लासका साथ मनाइन्छ । नेपालमा पनि ठूलो संख्यामा मानिसहरूले यो पर्व मनाउँछन् ।
उल्लेखनीय कुरा के छ भने क्रिसमसलाई येशु क्राइस्टको जन्मदिनको रूपमा मनाइन्छ । तर क्रिसमससँग सम्बन्धित अन्य धेरै रोचक जानकारी छन्, जुन तपाईलाई थाहा नहुन सक्छ । आज हामी तपाईलाई केहि रोचक तथ्यहरु बारे बताउन गइरहेका छौं ।
जिंगल बेल्स अन्तरिक्षमा बजाइएको पहिलो गीत हो
क्लासिक र लोकप्रिय क्रिसमस गीत जिंगल बेल्स अन्तरिक्षमा बजाइएको पहिलो गीत हो । यो गीत १६ डिसेम्बर १९६५ मा नासाको अन्तरिक्ष उडानमा बजाइएको थियो ।
सैंटा क्लजको आफ्नै ठेगाना छ
विश्वास अनुसार, सैंटा क्लज उत्तरी ध्रुवमा बस्छ । तर क्यानाडामा सैंटा क्लजको लागि आरक्षित हुलाक कोड छ जहाँ बच्चाहरूले आफ्नो पत्र पठाउन सक्छन्, ठेगाना ‘Santa Claus, North Pole, H0H 0H0, Canada ।
सन् १९०७ मा अमेरिकाको ओक्लाहोमामा क्रिसमसको प्रतिबन्ध हटाइएको थियो । अर्थात् अमेरिकाका केही भागमा २६० वर्षदेखि क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको थियो ।
इङ्गल्याण्डकी महारानी भिक्टोरिया क्रिसमस कार्ड पठाउने पहिलो आधिकारिक व्यक्ति थिइन् । तर पहिलो क्रिसमस कमर्शियल कार्ड सर हेनरी कोलले बनाएका थिए ।
अमेरिकामा यस्ता धेरै अभियानहरू सञ्चालित छन्, जसमा हरेक वर्ष स्वयंसेवकहरूले सैंटा क्लोजलाई बालबालिकाले लेखेका पत्रहरूको जवाफ दिन्छन् ।
जापानका मानिसहरू क्रिसमसको दिन केएफसीमा डिनर गर्न मन पराउँछन् । यो १०७४ मा केएफसीद्वारा संचालित क्रिसमस अभियानको कारण भएको थियो ।
सम्बन्धित समाचार
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
