‘निर्मला हत्याकाण्डको अनुसन्धान प्रभावकारी रुपमा अघि बढाएर दोषीलाई कारबाही गर्छु’
काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रुपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ ।
सोमबार शपथग्रहण पछि पदभार ग्रहण गर्ने क्रममा मन्त्रालयका पदाधिकारी एवम् सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री लामिछानेले सो जानकारी दिनुभएको हो ।
वि।सं। २०७५ साउन ११ गते हत्या गरिएका पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएको हो ।
पदभार ग्रहणपछि पहिलो निर्णय सुनाउँदै उहाँले भन्नुभयो, हत्या गरिएका निर्मला पन्तको अनुसन्धान प्रभावकारी हुन नसकेको सन्दर्भमा छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रधान कार्यालयलाई निर्देश्दिन निर्णयार्थ प्रस्तुत गरिएको छ ।”
जनताले ठूलो अपेक्षासहित आफूलाई यस स्थानमा पु¥याएको भन्नुहुँदै उहाँले मन्त्रालयमा सबैसँग मित्रवत् सम्बन्ध राखेर सहकार्य गरिने बताउनुभयो । नागरिक एकचोटि प्रहरीसमक्ष पुगेपछि मसँग प्रहरी छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नुपर्ने ठूलो चुनौती रहेको उहाँले भन्नुभयो ।
सम्बन्धित समाचार
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
