अमेरिकामा चिसोले ५६ जनाको मृत्यु
एजेन्सी । उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ । चिसोका कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको बीबीसीले जानकारी दिएको छ । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ ।
त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन । गभर्नर क्याथे हुचेलले भनेकी छन्, ‘बफेलो शहरका लागि यो इतिहासकै विनाशकारी हो । प्रकृतिले आफूसँग भएका सबै कुराले हामीलाई प्रहार गरिरहेकी छन् ।’
सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।
बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् ।
मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ । बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ ।
क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको मूत्यु भएको छ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

