प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘किङ्मेकर’ वर्षमानको सिंहदरबारको यात्रामा ब्रेक, खुमलटारसँग सम्पर्कविहीन !
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेस नेतृत्वको गठबन्धनबाट फुत्काएर एमाले – माओवादी गठबन्धनबाट प्रधानमन्त्री बनाउन सफल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ खुमलटारको सम्पर्कबाट टाढिएका छन् ।
माओवादीनिकट उच्च स्रोतकाअनुसार पुनले दाहाल नेतृत्वको सरकारमा पार्टीबाट महत्वपूर्ण मन्त्रालय लिएर सहभागिता जनाउने चाहना राखेका थिए । तर, पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि पुनको सिंहदरबारको यात्रामा ब्रेक लागेको हो । पुन यसअघि पटक पटक महत्वपूर्ण मन्त्रालयको नेतृत्व लिएर सरकारमा सहभागिता जनाईसकेका नेता भएकोले अब सबैले रोजेर छाडिएको मन्त्रालयमा नेतृत्व लिन नजाने चर्चा छ ।
पार्टीबाट नारायणकाजी उपप्रधानमन्त्री बनेकोमा पुन असन्तुष्ट छैनन् । तर, राजनीतिमा भर्खरै उदाएका रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेकोले अब उनीभन्दा जुनियर मन्त्रीको रुपमा पुन सिंहदरबार नजाने अडानमा छन् । कतिपयले पुन उर्जामन्त्री बनेर सिंहदरबार जाने चर्चा पनि गरेका छन् । तर, पुनले भने आफूनिकट नेताहरुसँग अब आफू सरकारमा नजाने निश्कर्ष सुनाउन थालेका छन् ।
पुन चुनावलगत्तै चीनमा उपचार गराएर फर्किएपछि एमाले–माओवादी मिलाउन सक्रिय भएका थिए । नभन्दै उनको सक्रियताले सकारात्मक नतिजा निकाल्न सफल भएको छ ।पुष १० गते बालकोट बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनलाई ‘तपाईँको स्वास्थ्यमा पनि राम्रो भयो, अब यता पनि राम्रो हुन्छ’ भनेर प्रशंसा गरेका थिए ।
पुन सुरुवातदेखि नै माओवादीमा एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने लाइनका नेता मानिन्छन् । तर, प्रचण्डलाई तेस्रो पटक सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पुन नै सरकारमा सहभागिता जनाउनबाट वञ्चित बनेका छन् । पुनले अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दापनि भेटेर बधाई नदिएको चर्चा छ । अहिले पुन खुमलटारसँग सम्पर्कविहीन रहेको भन्दै उनको खोजी सुरु गरिएको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
