• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • ६ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • ६ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • ८ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
  • ८ घण्टा 

जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश
  • ८ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • २. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ४. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

  • ५. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ६. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ७. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ८. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ९. जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

  • १०. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २४ कर्मचारीमाथि अख्तियारले लगायो भ्रष्टाचारको आरोप

जानकारी केन्द्र २०७९, पुष, १३

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ । एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।

प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा।डा। संगीता भण्डारीको कार्यकालमा सिटीस्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरूपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले पत्र काटेको हो ।

उनका अनुसार प्रतिष्ठानका पूर्वरजिस्ट्रार रामप्रसाद प्याकुरेल, पूर्रवकायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देव, पूर्वकामु रजिस्ट्रार एवं हालका डेपुटी रजिस्ट्रार झंकार लामिछाने, डिन डा। सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ ।

उनीहरू सबै जसो मूल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपूर्ण पदमा थिए । त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालीन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजीव बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा। बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका लागि पत्र काटेको छ ।

त्यस्तै सिटीस्क्यान र एमआरआईको ठेकेदारसँग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए ।

त्यस्तै डा। शिरिसा पोखरेल, पूर्व कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापिष्ट पूजा मण्डल, चार्टर्ड एकाउन्टेन्ट नितुन कुर्मीसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ । अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा कर्मचारीले लिखित बयान दिएका छन् ।

अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एक जना पूर्व लेखा अधिकृतले पूर्वउपकुलपति भण्डारीको निर्देशनमा स्थानीय केही ब्यवसायीको मिलेमतोमा गलत काम भएको बताउँदै अष्ट्रेलियामा रहेका चार्टर्ड एकाउन्टेन्टको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा काम भएको बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

ताजा

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.