सन्दीप लामिछानेको पुनरावेदन पेशी आज
काठमाडौँ । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज परेको छ ।
न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको हो। उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने छ । आदेशको आधारमा सन्दीप जेलभित्र नै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा रिहा हुने वा धरौटीमा रिहा हुने छ। जिल्ला अदालत काठमाडौंको आदेश सदर भएमा उनी जेलमा नै बस्ने छन् । जिल्ला अदालत काठमाडौंले पिडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो ।
गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन् ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन् । भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
