मजदुरले भरिएको बस खाल्डोमा खस्यो : २४ यात्रु घाइते, ५ जनाको अवस्था गम्भीर
एजेन्सी । युपीको सीतापुरमा बुधबार अबेर राति मजदुरले भरिएको बस सडकको खाल्डोमा पल्टिएको छ । बसमा महिला, पुरुष र बालबालिका गरी करिब ७० जना मजदुर सवार थिए । यस दुर्घटनामा २४ जनाभन्दा बढी मजदुर घाइते भएका छन् ।
बस मजदुर लिएर राति छत्तीसगढ जाँदै थियो । घाइते सबैलाई प्रहरी र गाउँलेहरूले बसबाट उद्धार गरी उपचारका लागि स्वास्थ्य केन्द्रमा भर्ना गरेका छन् । यो सबै घटना रेउसा थाना क्षेत्रको इटौरी गाउँसँग सम्बन्धित छ । बाक्लो हुस्सुका कारण यो दुर्घटना भएको बताइएको छ ।
वास्तवमा, रेउसा थाना क्षेत्र वरपरका गाउँहरूमा बसोबास गर्ने सबै परिवार मजदुरको रूपमा छत्तीसगढ जान्छन् । बुधबार साँझ सबै मजदुरहरू बस चढेर छत्तीसगढ जाँदै थिए । बसमा भिठाना, दलपतपुर, कुस्मोहरा गाउँका मजदुरहरु परिवारसहित सवार थिए ।
बस रेउसा–तम्बोर सडकको इटौरी गाउँ नजिकै पुग्दा कुहिरोका कारण मजदुरले भरिएको बस अनियन्त्रित भई सडकको खाल्डोमा पल्टिएको बताइएको छ । यस दुर्घटनामा २४ जनाभन्दा बढी महिला, पुरुष र बालबालिका घाइते भएका छन् ।
चिच्याएको सुनेर गाउँका बासिन्दा घटनास्थल पुगेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले गाउँलेसँग मिलेर उद्धार कार्य गरी खाल्डोमा खसेको बसबाट सबै मजदुरलाई बाहिर निकालेको थियो । घाइते सबैलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट स्वास्थ्य केन्द्र पठाइएको छ ।
५ जनाको अवस्था गम्भीर
घटनाको जानकारी पाउनासाथ बसमा सवार मजदुरका परिवारसहित गाउँका सबै स्वास्थ्य केन्द्र पुगेका थिए । राति अबेरसम्म स्वास्थ्य केन्द्रमा अस्तव्यस्तताको वातावरण थियो ।
दुर्घटनामा काला गाउँका सन्तोष, नेकराम, सन्तराम, श्रीराम, राकेश भिठाना गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल रिफर गरिएको छ भने बाँकी घाइते मजदुरको स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
हिमाली क्षेत्रबाहेक देशका अधिकांश भूभागमा घाम लाग्ने सम्भावना
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
