• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १२ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १४ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १५ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १७ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २० घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

पोल्ट्री व्यवसाय जोखिममा

जानकारी केन्द्र २०७९, पुष, १५

काभ्रेपलाञ्चोक । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका तथा गर्भवती महिलालाई वितरण गर्नुका साथै पोल्ट्री व्यवसायका चुनौतीबारे छलफल सञ्चालन गरिरहेको छ ।

हाल सप्ताहव्यापी कार्यक्रमअन्तर्गत बालबालिकालाई कुपोषणबाट जोगाउन अण्डाको प्रयोग महत्वपूर्ण मानिने चेतनामूलक सन्देश दिइरहेको केन्द्र प्रमुख राजकुमार हुमागाईँले बताए । उनले बागमती प्रदेश सरकारको कार्यक्रमअनुसार ‘सिम्बोलिक’ रूपमा केही विद्यालयका विद्यार्थी र गर्भवती महिलालाई वितरण गरिएको जानकारी दिए । बुधबार पनौती नगरपालिका–५ चौकोटस्थित स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवती, सदरमुकाम धुलिखेलस्थित बाल मन्दिर विद्यालय र धनेश्वर प्राथमिक विद्यालयका विद्यार्थीलाई अण्डा वितरण गरिएको हो । अण्डासँगै बालबालिकालाई खाजासमेत खुवाइएको थियो ।

यस्तै शनिबार जिल्लाको मुख्य सहर बनेपामा श्रमिकलाई अण्डा वितरण गर्ने कार्यक्रम राखिएको छ । “कार्यक्रमसँगै प्रोटिनको उत्कृष्ट स्रोतका रूपमा रहेको अण्डा नियमित खान कार्यक्रम एवं विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छौँ”, हुमागाईँले भने । जिल्लाको पूर्वी प्रवेशद्धार रोशी गाउँपालिकाको मङ्गलटारमा सचेतनामूलक कार्यक्रमसहित आइतबार दिवस समापन गर्ने कार्यक्रम तय गरिएको छ । छिमेकी देश भारतबाट भित्रने अवैध कुखुरा तथा चल्ला नियन्त्रणका गर्ने थप अभियानअन्तर्गत उक्त स्थानमा हालै जाँचचौकी स्थापना गरिएको छ ।

विसं २०४० देखि सुरु भएको काभ्रेपलाञ्चोकको पोल्ट्री व्यवसायमा जोखिमको अवस्थामा रहेको व्यवसायी तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस व्यवसायमा जिल्लामा करिब रु। १२ अर्ब लगानी भएको बताइएको छ । लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायी जोखिममा परेको गुनासा व्यक्त भइरहेका छन् । काभ्रेपलाञ्चोक पोल्ट्री व्यवसायका लागि उर्वर क्षेत्र मानिन्छ भने उत्पादन जिल्लामा खपतसँगै निर्यातसमेत गरिरहेको छ । काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डामा ठूलो हिस्सा काभ्रेपलाञ्चोकले ओगटेको छ ।

यस्तै केन्द्रद्वारा बिहीबार आयोजित पोल्ट्री व्यवसाय तथा जिल्लाको समग्र पोल्ट्रीबारे आयोजित बृहत् अन्तक्र्रिया कार्यक्रममा राज्यको नीति सहज बन्न नसक्दा पोल्ट्री व्यवसाय सङ्कटमा परेको गुनासो व्यक्त गरियो । पोल्ट्री व्यवसायका संस्थापक एवं नेपालमा पहिलोपटक चल्ला उत्पादन सुरु गर्ने उद्योग कव नेपालका अध्यक्ष ईश्वर शर्माले पोल्ट्रीमा दोस्रो जिल्लाका रूपमा परिचित काभ्रेपलाञ्चोकमा हाल व्यवसाय जोखिममा परेको बताए ।

“नेपालमा चल्ला उत्पादन सुरु नगरेको भए हालसम्म पनि भारतको भर पर्नुपथ्र्यो । उद्योगसम्बन्धी आवश्यक नीति नहुँदा र भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा पोल्ट्री व्यवसाय दिनप्रतिदिन जोखिममा पर्दै गएको छ”, शर्माले भने । उनले जिल्लाको पोल्ट्रीको इतिहास तथा पछिल्लो अवस्थाका बारे जानकारी गराउँदै पोल्ट्री व्यवसायका कारण कुपोषण न्यूनीकरण, रोजगारको सिर्जना, मल उत्पादनबाट तरकारी तथा अन्य उत्पादन वृद्धि र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे ।

नेपालमा पोल्ट्री व्यवसाय आत्मनिर्भर हुँदाहुँदै धेरै समस्या भोग्नुपरेको पोल्ट्री व्यवसायी मञ्च काभ्रेपलाञ्चोकका सचिव दयाराम महतले गुनासो गरे । उनले भने, “मुलुकमा आइरहेका विपत्ति तथा विविध कारण पोल्ट्री व्यवसायमा अवसरसँगै चुनौती थपिँदै गएका छन् । उत्पादन छ तर, उपभोग कम छ । नीति छ, कार्यान्वयन छैन ।” निजी क्षेत्रअन्तर्गत ठूलो लगानी भएको व्यवसायलाई राज्यले उपेक्षा गरेको उनले गुनासो गरे ।

सो अवसरमा डा सुदीप हुमागाईँले जिल्लाको समग्र पोल्ट्री व्यवसायको अवस्था र आगामी योजना र डा गणेश बञ्जाराले जैविक–सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पोल्ट्री व्यवसायी मञ्चका सल्लाहकार मधुसुदन गुरागाईँ, पशुपक्षी औषधि व्यवसायी सङ्घ जिल्लाका पूर्वकाअध्यक्ष यज्ञ पन्त, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा सविता ज्ञवाली, पशु सेवा प्राविधिक उद्धव सापकोटालगायतले पोल्ट्री व्यवसायीका समस्या, अवसर तथा समाधानका विषयमा आ–आफ्ना धारणा राखे ।

कव नेपालले काभ्रेपलाञ्चोकमा सन् २०१३ देखि नेपालमा पहिलोपटक व्यावसायिकरूपमा कुखुराको चल्ला उत्पादन सुरु गरेको हो । काभ्रेपलाञ्चोकमा वार्षिक चार लाख ८० हजार कुखुरा उत्पादन हुन्छ । सोही कुखुराबाट वार्षिक २८ हजार मेट्रिक टन मासु र सात करोड ७० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

केन्द्रका अनुसार काभ्रेपलाञ्चोकमा १३ ह्याचरी, तीन सय ५० ब्रोइलर फार्म, दुई ग्राण्ड प्यारेन्ट उत्पादन गर्ने फार्म र ११ दाना उद्योग सञ्चालनमा छन् । यहाँ १७ हजारभन्दा बढी व्यक्ति रोजगारीमा संलग्न भएका छन् भने करिब रु १२ अर्ब लगानी रहेको छ । नेपालमा आर्थिक समृद्धिका लागि पोल्ट्री व्यवसायीले चार प्रतिशत योगदान पु¥याएको बताइन्छ । रु। ६० अर्बभन्दा धेरै लगानी भएको यस व्यवसाय समय–समयमा विभिन्न कारण सङ्कटमा पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.