Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

हात्तीको आक्रमणबाट झापामा श्रीमतीको निधन, श्रीमान गम्भीर घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १७
हात्तीको आक्रमणबाट झापामा श्रीमतीको निधन, श्रीमान गम्भीर घाइते

बिर्तामोड । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते बनेका छन् । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ वर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।

आइतबार बिहान साढे २ बजे जङ्गली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते भएकी थिइन् । घाइते अवस्थाकी कृष्ण मायालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीको आक्रमणबाट उनका श्रीमान् शान्तिराम पनि गम्भीर घाइते भएका छन् । रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलबाट आहाराका लागि जङ्गलबाट हात्ती गाउँ पसेका थिए । केही दिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।

एउटा छावा सहित ४ वाटको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाई छ । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयाको भनाई छ ।

हात्तीले अन्य एक जना छिमेकीको समेत घर भत्काएको छ । जङ्गली हात्तीको समूह अहिले पनि शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बजारमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स