प्रचण्डलाई माघ २८ सम्म खड्गो छ, देउवा र ओलीका ग्रह-दशा राम्रा छन्ः ज्योतिष रिजाल
काठमाडौं । चर्चित ज्योतिष पण्डित एवं वास्तुविद् सुरेशचन्द्र रिजालले न्यायालयमा सरकारको हस्तक्षेपका कारण नेपालीले अस्थिरताको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
‘मैले तपाईंकै कार्यक्रममा पहिले पनि भनेको थिएँ( २०७८ फागुन १ मा न्यायालयमा सरकारले हस्तक्षेप गर्दा कालसर्प योग परेकाले सत्ता गठबन्धनलाई गम्भीर असर पर्न सक्छ । शेरबहादुर देउवा र केपी शर्मा ओलीको राशि मकर न्यायको कारक ग्रह हो । त्यसैले उहाँहरु अहिले प्रधानमन्त्री हुन सक्नुभएन । यस्तै नयाँ प्रधानमन्त्रीको शपथग्रहणको मुहूर्त पनि उचित समयमा नभएकाले २०८१ असारसम्म राजनीति यस्तै अस्थिर रहने योग छ । न्यायालयमा हस्तक्षेप गर्दा सम्पूर्ण नेपालीले समस्या भोग्नुपर्ने अवस्था आएको छ,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।
तपाईंले भनेजस्तो शेरबहादुर देउवा सात पटक प्रधानमन्त्री बन्न सक्नु भएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा पण्डित रिजालले भने, ‘मैले देउवाजीको पटकपटक प्रधानमन्त्री योग छ भनेको हुँ । सात पटक भनेको होइन । शेरबहादुर देउवा र केपी शर्मा ओलीको औराशक्ति समान छ । मकर राशिको स्वामि ग्रह कमजोर छैन । साढे सातको दशा सकिएपछि उहाँहरु फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ ।’
अपमानपूर्वक बहिर्गमन हुने ग्रहदशा देउवाको नभएको उनको स्पष्टोक्ति छ । उनले भने, ‘राशि, ग्रह र नक्षत्र अध्ययन गर्दा नेपाली कांग्रेसले सत्ता गुमाए पनि सबै चिज गुमाएको छैन । योगको कमजोरीले देउवाजी शक्तिशाली पदमा नरहनुभएको होइन । राजनीतिक छलकपट, ढाँटका कारण मात्र हो ।’
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई माघ २७ सम्म खड्गो रहेको पनि उनले बताए । दाहालले भने, ‘प्रचण्डको राशि मिथुन हो । माघ २७ मा मात्र शनिको अढैया दशाले छाड्ने छ । शनि दिग्बलि नभएकाले बाहिरी सहयोग नहुन सक्छ । प्रचण्डको धोका दिने र धोका खाने दुवै योग छ । पुस २६ पछि दुई राशि परिवर्तन हुँदा उहाँको सरकारलाई थोरै संकट आउन सक्छ ।’ उनले संघीयता र धर्मनिरपेक्षताका कारण पनि मुलुकमा राजनीतिक अस्थिरता हुने अवस्था आएको औंल्याए । ग्रह दशाको अध्ययनबाट मध्यावधि निर्वाचनको योग नभएको उनको जिकिर छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
