मुगुको शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती
काठमाडौ । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र रु राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ । त्यसकै आकर्षण र सुन्दरताले आज संसारका करोडौँ मान्छेको ध्यान खिचेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको रारा तालबारे कतै नसुनेका र थाहा नपाएका बाहेक हरेक नेपालीलाई त्यसको प्रत्यक्ष दृश्यावलोकन गर्ने ठूलो धोको र हुटहुटी हुन्छ ।
प्रकृतिको काखमा रहेको अनुपम दृश्य नियाल्ने रहरले रारा जाने अवसर जो कोही पनि खोजिरहन्छ । त्यसका लागि विभिन्न जिल्ला तथा सहरबाट आफ्नो लामो यात्रा तय गरेर यहाँ आउँछन् । सुर्खेत–दैलेख–कालीकोट–जुम्ला हुँदै मुगु राराताल पुग्नका लागि हवाई मार्ग नभइ सडक मार्ग रोज्नेको यात्रा निकै पट्यारलाग्दो पनि हुन्छ । यद्यपि, जब रारा ताल भेटिन्छ, बाटोमा भएका कष्टकर क्षण त्यसको वैभवले बिसाईदिन्छ । उनीहरु जब रारा तालमा पुग्छन् तब त्यसको प्राकृतिक सुन्दरतासँग खेलेर निकै मस्ती गर्छन् । हरेक आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालको शालिनता र अनुपम दृश्यले लट्ठ बनाउँछ । स्वर्गीय आनन्द दिन्छ र त्यसको अवस्थिति, आकार र आकर्षणबाट मज्जा लिनेलाई केही सिर्जना गर्न उत्प्रेरितसमेत गर्दछ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
