भूकम्प पीडितले पाए लालपुर्जा
काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकस्थित गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्तीका पाँच सय ५४ भूकम्पपीडित परिवारले लालपुर्जा पाएका छन् ।
गैरआवासीय नेपाली सङ्घ एनआरएनए को सहयोगमा लाप्राकका भूकम्पपीडितकोे पुनःस्थापनाका लागि निर्माण गरिएको नमूना बस्तीका पाँच सय ७३ मध्ये पाँच सय ५४ परिवारले लालपुर्जा प्राप्त गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
बाँकी रहेका भूकम्पपीडित परिवारलाई पनि केही समयभित्रै लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उनले बताए । विसं २०७२ वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पले लाप्राकको पुरानो बस्ती ध्वस्त बनाएकाले बस्ती नै पुनःस्थापना गर्नुपरेको थियो । त्यसका लागि गुप्सीपाखामा रहेको सरकारी जग्गामा मन्त्रिपरिष्दबाट स्वीकृति लिएर एकीकृत बस्ती निर्माण गरिएको हो ।
भूकम्पको झण्डै आठ वर्षपछि भूकम्पपीडितले लालपुर्जा पाएका हुन् । गाउँपालिकाले दोस्रो चरणमा यहीँ पुस महिनामा थप दुई सय ७४ जनालाई लालपुर्जा वितरण गरेको उनले बताए । उनीहरूलाई २०७७ सालदेखि नै लालपुर्जा वितरण थालिएको भए पनि लामो समयदेखि वितरण रोकिएको थियो । पहिलो चरणमा दुई सय ८० घरपरिवारले लालपुर्जा पाएका थिए । एकीकृत बस्तीका भूकम्पपीडितलाई लालपुर्जा वितरणका लागि जिल्ला मालपोत कार्यालयको टोली लाप्राक नै पुगेको थियो ।
कार्यालयबाट आठ जनाको टोली लाप्राक पुगेर दुई सय ९० परिवारको लालपुर्जा तयार गरेर कार्यालयको टोली सदरमुकाम फर्किएको हो । वितरण गर्न बाँकी रहेकामध्ये केही विदेशमा रहेका र केहीको मृत्यु भइसकेकाले ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिए । एनआरएनएले लाप्राकमा १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जमिनमा प्रत्येक परिवारका लागि करिब तीन आना जग्गा पर्ने गरी घर निर्माण गरिदिएको हो । दुई तला रहेको प्रत्येक चार कोठा रहेका छन् । त्यस्तै प्रत्येक घरका लागि छुट्टै शौचालयको समेत व्यवस्था गरिदिएको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
