Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

मापदण्ड भन्दा धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १९
मापदण्ड भन्दा धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा

काठमाडौँ । काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्ड भन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक लाई कारवाही गरिएको छ । मापदण्ड भन्दा बढी घूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेको प्रवक्ता भट्ट ले बताउनु भयो । सवारी साधन मर्मत पश्चा त तोकिएको वि तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स