• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • ६ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • ८ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • ८ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • ८ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १३ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १३ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १४ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १५ घण्टा 

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ३. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ४. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ५. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • ७. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ८. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ९. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • १०. करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल

प्रधानमन्त्री दाहाल दोहोरो दबाबमा

जानकारी केन्द्र २०७९, पुष, २०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग अघि सारेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राप्रपाले उक्त माग अघि सारेपछि पार्टीभित्रैबाट पनि प्रधानमन्त्री दाहालमाथी दबाब बढेको छ ।

प्रधानमन्त्री दाहालले राप्रपालाई मन्त्रिपरिषदमा सहभागी गराउँदा राप्रपाले राखेको प्रमुख शर्तमध्येको राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिनु पनि हो । राप्रपाको उक्त शर्तप्रति प्रधानमन्त्री दाहाल सकारात्मक बनेको चर्चा छ । तर, उनकै पार्टीका प्रभावशाली नेताहरुले भने कुनैपनि हालतमा पुष २७ गते सार्वजनिक विदा दिन नहुने अडान राखेका छन् । सरकार सञ्चालनमा सहजता खोजेका दाहालले राप्रपाको दरिलो साथ पनि खोजेका छन् । तर, पार्टीभित्रैबाट उनीमाथि राप्रपाको उक्त माग पूरा नगर्न दबाब छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा हाल सरकारमा सहभागी नभएपनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ। आफ्नो पार्टीले अघि सारेका मागप्रति सरकार सकारात्मक बने पुष २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सकिने अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति बाहिर आएको छ ।

पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक बिदा दिनुपर्ने राप्रपाको अडानका बीच माओवादी नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई बिदा दिन नहुने भन्दै दबाब दिन थालेका छन् । गणतन्त्रमाथि प्रहार हुने भन्दै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकताका दिवस मानेर पुस २७ गते बिदा दिन नहुने माओवादी नेताहरुको धारणा छ ।

केही दिनभित्रै सरकारले न्यूनतम् साझा कार्यक्रम ल्याउने र त्यसपछि सरकारमा सहभागी हुने तयारीमा रहेको राप्रपाले राष्ट्रिय एकता दिवसलाई हतियारको रुपमा प्रयोग गर्दै निरन्तर सरकारमाथि दबाब जारी राखेको छ। राप्रपाले पृथ्वीनारायण शाहको तस्वीर अंकित नोट सार्वजनिक गर्नसमेत प्रधानमन्त्री दाहालसमक्ष माग गरिरहेको छ ।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा दौरा सुरुवाल लगाएको विषयलाई राप्रपाको मागसँग जोडेर माओवादी नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यसअघि दुई पटक प्रधानमन्त्री नियुक्त हुँदा टाई सूटमा भादगाउँले टोपी लगाएर शपथ ग्रहण गरेका दाहालले पहिलोपटक दौरा सुरुवाल लगाएर शपथ लिएका थिए ।

माओवादीले दौरा सुरुवाल र कोटलाई सामन्ती पोशाक भन्दै नकारात्मक दृष्टिकोण राख्दै आएको थियो । स्वयं प्रधानमन्त्री दाहालले समेत यसअघि राजनीतिक कारणले नै आफूले दौरा नलगाएको बताउदै आएकामा यसपटक एकाएक दौरा सुरुवालमा देखिएपछि माओवादीनेताहरु थप शसंकित बनेका हुन् ।

राप्रपाको मागको बिषयमा सत्ता समर्थक दलले यो विषयलाई प्रतिष्ठाको मुद्दा बनाएपछि दाहाल नेतृत्वको सरकारमाथि नैतिक दबाब सिर्जना भएको छ । राजतन्त्रको विरोधी माओवादी नेतृत्वको सरकारले यस विषयलाई कुन रुपमा लिने हो भन्नेबारे समेत सबैतिर चासोको विषय बनेको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए यहि योगदानको कदर गर्दै राप्रपाले पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको माग गर्दै आएको छ ।

राजतन्त्रप्रति आस्था राख्ने र यो दिवस मनाउन चाहाने ठूलो समुदाय रहेकाले राष्ट्र निर्माताको सम्मान गर्न राज्यले उपेक्षा गर्न नहुने राप्रपाको अडान छ । नेपाली सेनाले पुस २७ गतेलाई पृथ्वी जयन्तीको रुपमा मनाउँदै आएको छ । यसदिन राष्ट्रप्रमुखले समेत पृथ्वीनारायणको शालिकामा माल्यापर्ण गर्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

ताजा

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.