हात्ती गाउँ प्रवेश गर्न थालेपछि त्रास
काठमाडौँ । त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् ।
खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताए ।
एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताए ।
जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताए ।
शीतलहरका कारण विद्यार्थीको उपस्थिति न्यून
चिसो बढेसँगै शीतलहरसमेत सुरु भएपछि जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी तथा बेलका नगरपालिका क्षेत्रका विभिन्न सरकारी तथा निजी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको छ ।
चिसोका कारण अधिकांश आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिति न्यून बन्न पुगेको छ भने माथिल्लो तहका कक्षामा पनि विद्यार्थीको सङ्ख्या न्यून हुन थालेको विद्यालयका शिक्षक बताउँछन् ।
त्रियुगाको जनता मावि जोगिदह, चौदण्डीगढीको जनतामावि हडिया, सिवाई सुन्दरपुर माविसहित सप्तकोसी मावि बेलका क्षेत्रमा अहिले चिसोका कारण धेरै विद्यार्थी विद्यालयमा उपस्थित हुन छाडेको विद्यालयका शिक्षक बताउँछन् ।
जनता आधारभूत विद्यालय चौदण्डीगढी ज्यामिरेका शिक्षिका देवी कार्कीका अनुसार चिसो बढ्न थालेपछि तल्लो कक्षाका अधिकांश साना विद्यार्थी विद्यालयमा उपस्थिति हुन समस्या भएको छ ।
जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको बोलुङखा, चिसापानी, सल्ले, नामन्त, डहर क्षेत्रमा पनि चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको पञ्चनकन्या आधारभूत विद्यालय बोलुङखाका शिक्षिका तारा मगरले बताइन् ।
चिसो बढेका कारण त्रियुगा नगरपालिकाले नगरभित्रका सरकारी विद्यालयमा यही पुस १८ देखि २३ गतेसम्म बिदा गरेको छ । रासस
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
